तीनकुने प्रदर्शन प्रकरण: दुर्गा प्रसाईंको अदालतमा बयान सकियो


तीनकुने प्रदर्शन प्रकरण: दुर्गा प्रसाईंको अदालतमा बयान सकियो
  • नवकिरण
  • जेष्ठ १२, २०८२

काठमाडौं, जेठ १२ – तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको जिल्ला अदालत काठमाडौंमा सोमबार बयान सकिएको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईंको बयान लिइएको हो। अदालतमा आजदेखि तीनकुने घटनामा संलग्न भनिएका प्रतिवादीहरूमध्ये प्रसाईंको मात्रै बयान लिइएको हो भने अन्य प्रतिवादीहरूको बयान भोलिदेखि सुरु हुने बताइएको छ।

यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरी प्रतिवेदनको आधारमा दुई वटा मिसिल तयार पारी दुर्गा प्रसाईंसहित ५० जनाविरुद्ध राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव, ज्यान मार्ने उद्योग, संगठित अपराध लगायतका आरोपमा मुद्दा दर्ता गरेको थियो। यस्तै, भाटभटेनी लुटपाट प्रकरणमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको अभियोगमा छुट्टै मुद्दा चलाइएको छ।