प्रतिनिधि सभा बैठक ढिलो सुरु, भिजिट भिसा प्रकरणमा प्रतिपक्ष आक्रामक


प्रतिनिधि सभा बैठक ढिलो सुरु, भिजिट भिसा प्रकरणमा प्रतिपक्ष आक्रामक
  • नवकिरण
  • जेष्ठ १३, २०८२

काठमाडौँ, जेठ १३ – प्रतिनिधि सभा बैठक मंगलबार निर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु भएको छ। दलहरू आन्तरिक छलफलमा व्यस्त रहेका कारण बिहान ११ बजे बस्ने भनिएको बैठक साढे ११ बजेदेखि मात्रै सुरु भएको हो।

आजको बैठकमा भिजिट भिसा प्रकरण मुख्य एजेन्डा बन्ने देखिएको छ। विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने रणनीतिमा छन्। गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोपबारे जवाफ दिने तयारीमा रहेको बताइएको छ।

तर, प्रतिपक्षी दलहरूले पहिलो प्रश्न सोध्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने अडान राख्दै आएका छन्। यस विषयमा सत्तापक्ष र विपक्षबीच तर्क-वितर्क जारी रहेको छ।