काठमाडौं, असार १२ – टिकटकमार्फत साइबर अपराध गरेको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेतलाई काठमाडौं जिल्ला अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो। बस्नेतलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय साइबर ब्यूरोले भक्तपुरबाट पक्राउ गरेको थियो।
प्रहरीका अनुसार उनले टिकटक भिडियोमार्फत प्रधानमन्त्री, गृहमन्त्री र अन्य नेताहरूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिई साइबर अपराध गरेको आरोप लागेको हो।
हाल उनी धरौटी बुझाएर रिहा भइसकेकी छन् भने मुद्दाको प्रक्रिया अगाडि बढ्नेछ।