पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ


पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ
  • नवकिरण
  • श्रावण ४, २०८२

काठमाडौँ, साउन ४ – मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’ बलात्कार आरोपमा पक्राउ परेका छन्। काठमाडौँ जिल्ला अदालतको अनुमति पछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

काठमाडौँ प्रहरी परिसरका एसपी अपील राज बोहराका अनुसार अदालतको आदेशअनुसार झालाई पक्राउ गरी ५ दिनको म्याद थप गरिएको छ। प्रहरीले अनुसन्धानको सिलसिलामा चैत २५ गते अदालतबाट पक्राउ पुर्जी जारी गराएको थियो।

राजेश झाविरुद्ध एक युवतीले बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गरेकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

२०७७ साल फागुन ७ गते झा मधेश प्रदेशको प्रमुखमा नियुक्त भएका थिए। उनी हाल पूर्वप्रदेश प्रमुखको हैसियतमा रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।