सुन्धारा कारागारमा तोडफोड र फरार कैदी, टोपबहादुर रायमाझी पनि भागे


सुन्धारा कारागारमा तोडफोड र फरार कैदी, टोपबहादुर रायमाझी पनि भागे
  • नवकिरण
  • भाद्र २५, २०८२

काठमाडौं, भदौ २५ – सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन्।

हाल कारागारमा करिब ३८ सय कैदी रहेका थिए, जसमा अहिले केवल करिब ५ सय कैदी मात्र सुरक्षित रहेको जानकारी प्राप्त भएको छ। भद्रबन्दी गृहमा करिब १०० कैदीमात्र बाँकी रहेका छन् भने महिला बन्दी गृहमा पनि करिब १०० कैदीबन्दी रहेका छन्। सेन्ट्रल कारागारमा करिब ३०० कैदीमात्र रहेका छन्।

विशेषत, भद्रबन्दी गृहमै रहेका टोपबहादुर रायमाझी पनि फरार भएका छन्। उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा राखिएका थिए।

सुरक्षाकर्मी र स्रोतका अनुसार, केही फरार कैदीबन्दीहरु भने फेरि कारागार फर्कन थालेका छन्। अहिलेसम्म करिब ५० जना कैदी फर्किसकेका छन् भने अन्य केही पनि फर्कने क्रममा छन्।

प्रहरी स्रोतका अनुसार, नख्खु कारागारबाट आएको केही कैदीबन्दीहरूले राति करिब १० बजेतिर सुन्धारा कारागार तोडफोड गरेका थिए। त्यसपछि सुरक्षाका लागि खटिएका नेपाल प्रहरी त्यहाँबाट फिर्ता भई आर्मी मुख्यालय पुगेका थिए। अन्ततः नेपाली सेनाले कारागारमा पुगेको थियो। तर त्यसअघिसम्म करिब ३३ सय कैदीबन्दी फरार भइसकेका थिए।