नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त सन्देश शर्मा पक्राउ


नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त सन्देश शर्मा पक्राउ
  • नवकिरण
  • आश्विन १९, २०८२

काठमाडौं, असोज १९ – लामो समयदेखि फरार रहेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त सन्देश शर्मा अखेर पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले आइतबार उनलाई पक्राउ गर्न सफल भएको हो।

प्रहरीका अनुसार दाङको तुलसीपुर–१६ स्थायी घर भएका शर्मालाई ललितपुरको बख्खुडोल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध अदालतले म्याद जारी गरेपछि शर्मा फरार रहेका थिए।

शर्मालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि पनि उच्चस्तरका अधिकारीदेखि बिचौलियासम्म पक्राउ परेका थिए।