पूर्वसचिव डा. संगीता मिश्रमाथि अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर


पूर्वसचिव डा. संगीता मिश्रमाथि अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
  • नवकिरण
  • कार्तिक २, २०८२

काठमाडौं, कार्तिक २ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार मिश्राले स्वास्थ्य सेवा विभागकी महानिर्देशक रहँदा खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मुद्दा पेश गरिएको हो। आयोगको स्रोतका भनाइ अनुसार आरोपपत्र विशेष अदालतमा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

केही समयअघि जेन–जीको नेतृत्वमा सरकार गठनको तयारी भइरहेका बेला डा. मिश्राको नाम स्वास्थ्यमन्त्रीका रूपमा चर्चामा आएको थियो। तर, अख्तियारले उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी प्रधानमन्त्री सुशीला कार्की निकट पक्षलाई दिएपछि उनको नाम मन्त्रीको दौडबाट हटाइएको बताइन्छ।

मिश्रा स्वास्थ्य सचिव बन्ने आकांक्षामा थिइन्। तर सरकारले सो पदमा डा. विकास देवकोटालाई नियुक्त गरेपछि उनी बिदामा बसेकी थिइन्। नयाँ सरकार बनेपछि मन्त्रालयमा उनको आवतजावत बढ्दै गएपछि स्वास्थ्यमन्त्रीको चर्चासँगै उनले राजीनामा दिएकी थिइन्।

अब भने, उनीमाथि भएको अख्तियारको अनुसन्धान औपचारिक मुद्दा दर्तासम्म पुगेको छ। आयोगले स्वास्थ्य सेवा विभागमा उनले जिम्मेवारी सम्हालेको समयमा गरेको खरिदसम्बन्धी फाइलकै आधारमा मुद्दा दायर गरेको जनाइएको छ।