काठमाडौं, मंसिर १० – सर्वोच्च अदालत परिसरमा भएको आगजनी घटनासम्बन्धी अनुसन्धानमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले ढुंगेललाई बुधबार चितवनको भण्डाराबाट नियन्त्रणमा लिएको हो। उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।
जेनजी आन्दोलनको क्रममा ढुंगेलको सहभागीता देखिने एक भिडियो सार्वजनिक भएपछि उनको संलग्नताबारे प्रश्न उठ्दै आएको थियो। यही विषयमा सर्वोच्च अदालतले औपचारिक जाहेरी दिएपछि अनुसन्धान तीव्र बनेको हो। सोही जाहेरीका आधारमा प्रहरीले यसअघि नै पाँच जनालाई पक्राउ गरिसकेको छ।
प्रहरी स्रोतका अनुसार आगजनी तथा तोडफोडमा संलग्न भएको शंकामा पक्राउ परेका व्यक्तिहरूलाई घटना विवरण, योजनाबद्धता र अन्य सहसम्पर्कबारे सोधपुछ जारी छ। सर्वोच्च परिसरमा भएको यस घटनाले न्यायिक संरक्षाको सुरक्षा प्रश्नमा बहस चर्किएको छ।
