आज असार २६ गतेको राशिफल


आज असार २६ गतेको राशिफल
  • नवकिरण
  • अषाढ २६, २०८२

आज असार २६ गतेको राशिफल यस प्रकार रहेको छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज मेष राशि भएकाले बिहानैदेखि आफ्नै भित्री सोचसँग द्वन्द्व गर्नुपर्ने देखिन्छ, किनकि मनमा धेरै कुरा एकैचोटि खेल्नेछन्। काममा ध्यान दिनुपर्ने, घरपरिवारका कुरा मिलाउनु पर्ने, साथीभाइसँग सम्बन्ध राम्रो राख्नुपर्ने जस्ता जिम्मेवारीले दिमाग अलि थकाउनेछ। कोही टाढाको आफन्त वा साथीको सम्पर्कले पुराना कुरा झल्काएर भावुक बनाउने सम्भावना छ। केही कुरा आफैँले थाम्न नसकिए साथी वा जीवनसाथीलाई खुलेर भन्नु नै उत्तम हुनेछ। प्रेममा आज नयाँ मोड देखिन्छ। प्रेमी–प्रेमिकाबीच हिजोआज बढिरहेको दूरी कम हुन सक्छ, तर त्यसका लागि अहंकारलाई थोरै तल राखेर कुरा मिलाउनु आवश्यक छ। केहीले चाहेर पनि मनका कुरा भन्न नसकेर पिरोलिन सक्छन्, तर सानो प्रयासले सम्बन्धमा मिठास फर्काउन सकिनेछ। विवाहिता मेषहरूले ससाना तिक्ततामा नअल्झी सँगै बस्ने व्यक्तिको भावना बुझ्न सके आजको दिन प्रेमले घर भित्रै रमाइलो बनाउनेछ। कामकाजमा नयाँ चुनौती आउन सक्छ, विशेष गरी साना गल्तीमा अरूले औंला ठड्याउन सक्छन्। तर तपाईंले पुरानो अनुभव र आफन्तको सल्लाहले सजिलै मार्ग निकाल्नु हुनेछ। सरकारी कामकाज अघि बढाउनका लागि थोरै दौडधुप गर्नुपर्ने देखिन्छ, कतिपयले कागजात वा बिल भुक्तानीका काममा ढिलाइ महसुस गर्नेछन्। व्यापारमा पार्टनरलाई आवश्यक जिम्मेवारी बाँडेर काम गरेमा फाइदा हुनेछ, तर पैसाको लेनदेनमा लापरबाही नगरौं। पैसाको कुरा गर्दा अचानक खर्चका कुरा उठ्नेछ। परिवारको आवश्यकता वा साथीभाइसँगको रमाइलोमा अनुमानभन्दा बढी खर्चिन सकिने भएकाले खर्चमा नियन्त्रण अनिवार्य छ। कसैले पुरानो ऋण तिर्ने वा फिर्ता गर्ने वाचा गरे पनि ढिला हुन सक्छ, त्यसैले भरोसाको भरमा नयाँ योजना नबनाउनु राम्रो। स्वास्थ्यमा पुराना रोग चर्किन सक्छन्, विशेष गरी जोर्नी दुख्ने, पेटको अम्लता बढ्ने वा शरीर चिसिनेजस्ता कुरा देखिन सक्छन्। धेरै तिखा, चिल्लो खाना र राति अबेरसम्म नबसी शरीरलाई आराम दिन सके आजको दिन सहजै बित्नेछ।

 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

 

वृष राशि भएकाहरूका लागि आजको दिन कडा धैर्य र संयमले मात्रै सफल बनाउनेछ। विगतमा अल्झिएको वा रोकिएको कामलाई पुरा गर्ने बाटो खुल्नेछ तर त्यो बाटो सजिलो हुने छैन, सानोतिनो झन्झट र आलोचना सहनुपर्ने हुन सक्छ। परिवारमा कोही नजिकका व्यक्तिसँग सानो मतभेद हुन सक्छ, कतिपयलाई घरको वातावरणले नै एकछिन मन खिन्न बनाउनेछ। मायाप्रेमका कुरा पनि आज झनै संवेदनशील हुनेछन्। कोही नजिकको व्यक्तिसँग भनाभन हुँदा पुराना रमाइला सम्झनाले भावुक बनाउनेछ। प्रेम सम्बन्धमा आज सानो अप्ठ्यारो देखिन सक्छ — एकअर्कालाई बुझ्न ढिलाइ भयो भने कुरा तन्किन सक्छ। तर मनका कुरा लुकाएर बस्नु ठीक हुनेछैन। विवाहितहरूले आज परिवारको जिम्मेवारीसँगै जीवनसाथीसँग समय बिताउन सके सम्बन्ध अझ प्रगाढ हुनेछ। कामकाजमा आज नसोचेको काममा ध्यान दिनुपर्नेछ। कागजी काम अघि बढाउन सरकारी कार्यालय वा संस्थामा पटक–पटक धाउनु पर्ने स्थिति देखिन्छ। जागिरमा अरूको काम तपाईँमाथि थोप्लिन सक्छ, सुरुमा गार्हो लागे पनि शान्तिपूर्वक अघि बढ्नुभयो भने फाइदा तपाईँकै हुनेछ। व्यापारमा साझेदारीमा शंका नगरी विश्वास गर्नु उचित तर हिसाबकिताबमा पारदर्शिता चाहिन्छ। पैसा र खर्चको कुरा गर्दा आज खर्च नहुने कुरा लगभग असम्भव जस्तै छ। नयाँ सामान किन्नु पर्ने, आफन्तको कुनै काममा खर्च हुनुपर्ने वा साथीभाइसँगको भेटघाटले पनि खर्च बढाउन सक्छ। तर सानो सानो खर्च नियन्त्रण गर्न सके महिनाको अन्त्य सहज बनाउने बाटो खुल्नेछ। स्वास्थ्यमा छालासम्बन्धी समस्या देखिन सक्छ। कोहीलाई हावा नलाग्ने ठाउँमा धेरै बस्नुपर्दा श्वासप्रश्वासमा अप्ठ्यारो हुन सक्छ। घरको सरसफाइ र खानपानमा ध्यान दिएर सानातिना रोगबाट बच्न सक्नुहुन्छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

 

मिथुन राशिका लागि आजको दिन आफ्नै इच्छा पूरा गर्ने चाहना जाग्नेछ, तर कतिपय कुरा परिस्थितिले रोक्न सक्छ। बिहानको समय अलि बिथोलिए पनि दिउँसोबाट राम्रो समाचारले मन हलुका बनाउनेछ। घरमा परिवारका सदस्यसँग सामान्य भनाभन भए पनि बुझाबुझ गरेर कुरा मिलाउन सक्नुहुनेछ। टाढाका साथीभाइसँग कुराकानी हुँदा पुराना कुरा सम्झेर रमाइलो हुनेछ। प्रेममा रहेका मिथुनले आज कुनै सन्देह वा अलमललाई पन्छाएर सम्बन्धलाई नयाँ उचाइमा लैजाने अवसर पाउनेछन्। सँगै बसेर कुरा गर्दा मनमा लुकेको कुरा भन्न सकिनेछ, जसले सम्बन्ध अझ बलियो बनाउनेछ। वैवाहिक सम्बन्धमा एकअर्काको सम्मान र आवश्यकता बुझ्न सके झिनामसिना कुराले मन खिन्न पार्न पाउँदैन। कामकाजका हिसाबले हेर्दा आज सहकर्मी वा साथीभाइसँग मिलेर अघि बढ्दा फाइदा हुनेछ। नोकरीमा पदोन्नतिको कुरा चल्न सक्छ वा कुनै नयाँ जिम्मेवारी थपिन सक्छ, जसले तपाईँको कामको मूल्य बढाउनेछ। व्यवसाय गर्नेहरूले आज नयाँ योजना अघि सार्न सक्नेछन्, तर साझेदारसँग खुलेर कुरा गरेपछि मात्रै कदम चाल्नु हितकर हुनेछ। पैसा र खर्चको कुरा गर्दा आज सानो सानो आम्दानीका बाटा खुल्न सक्छन्। कतै फसेको पैसा पाउने सम्भावना पनि बलियो छ। तर नयाँ ठाउँमा लगानी गर्दा पुरानो अनुभव नछोड्नु राम्रो हुन्छ। फजुल खर्च वा साथीभाइसँगको हुलस्थलमा बढी खर्च नहोस् भन्नेमा सचेत रहनु राम्रो। स्वास्थ्य सामान्य रहला, तर लामो समय मोबाइल वा कम्प्युटरमा बस्दा आँखाको थकान वा टाउको दुख्ने समस्या हुन सक्छ। सुत्ने र खाने बानीलाई सन्तुलनमा राख्न सके शरीरमा उर्जा कायम रहला।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

 

कर्कट राशि भएका आज अलि संवेदनशील बन्न सक्नुहुन्छ, सामान्य कुरा पनि ठूलो झैँ लाग्न सक्छ, त्यसैले मनलाई नियन्त्रणमा राखेर काम गर्ने बानीले मात्रै दिन सहज बनाउनेछ। बिहानै कतैबाट आएको खबरले पुराना सम्झना ताजा गराउँला, कोही नजिकको साथी वा आफन्तसँग लामो कुरा हुन सक्छ। घरपरिवारमा मिलापको वातारण छ तर कतिपय ठाउँमा पुराना कुरा कोट्यिँदा मन हल्का पिरोलिन सक्छ। आफ्नो कुरा आफैले थामिराख्नुभन्दा आपसी छलफलमा निकास खोज्न सक्नुहुन्छ। प्रेम सम्बन्धमा कुनै कुरा मनमा थामेर बस्दा अर्कोपक्षीलाई भ्रम पर्न सक्छ, त्यसैले छोटो कुरामा पनि खुलस्त ढंगले कुरा राख्दा सहज हुनेछ। कुनै समय छुट्टिएर बसेका जोडीबीच आज पुनर्मिलन वा सम्बन्ध सुधारको सम्भावना बलियो छ। विवाहितहरूले जीवनसाथीसँग न्यानो कुराकानीको मौका पाउनेछन्, तर सानो झर्कोले खटपट हुन नदिनुस्। कामकाजका हिसाबले हेर्दा आज दौडधुप धेरै हुने छ। सरकारी वा कागजी काममा सामान्य अलमल देखिए पनि एक पटक ध्यान दिएर अघि बढाउँदा अड्किएको कुरा छुट्कारा पाउनेछ। सहकर्मी वा माथिल्लो तहबाट केही दबाब आउन सक्छ, त्यसैले हतारमा प्रतिक्रिया नजनाई बुझेर मात्र काम गर्नु राम्रो। व्यापारमा साझेदारको कुरा नसुन्दा सानो भ्रम सिर्जना हुन सक्छ, सबै कुरा कागजमा राखेर काम गर्नुपर्छ। खर्च आज बढी नै देखिन्छ। साथीभाइ वा परिवारका कुनै आवश्यकता पूरा गर्नुपर्छ, अचानक गाडी वा मोबाइलजस्ता उपकरण मर्मत गर्नुपर्ने परिस्थिति आउन सक्छ। यति हुँदा पनि कुनै सानो रकम फिर्ता पाउने सम्भावना छ, जसले केही राहत दिनेछ। स्वास्थ्यका हिसाबले पुराना रोग दोहोरिन सक्छन्। टाउको दुख्ने, घाँटी बस्ने, वा ज्वरो जस्ता कुरा देखिन सक्छ। चिसो ठाउँमा बढी बस्नुभएन भने फाइदा हुनेछ। निद्रा राम्रो बनाउने प्रयास गर्नुपर्छ, नसके सुत्नु अघि गुनगुना पानी पिउनुहोस्।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

 

सिंह राशि भएका आज आत्मविश्वासले भरिएका रहनेछन् तर कतिपय ठाउँमा आफ्नै घमण्डले समस्या निम्त्याउन सक्छ, त्यसैले शब्द र व्यवहारमा मिठास राख्नु शुभ हुनेछ। बिहानैदेखि कुनै शुभ खबरले मन प्रफुल्ल हुने छ, घरपरिवारमा कुनै सानो जमघट वा आफन्तको आगमनले घरमा रमाइलो बढाउन सक्छ। पुराना साथीभाइसँग अचानक भेट हुँदा रमाइला कुरा हुनेछन्, पुराना सम्झनाले भावुक पनि बनाउनेछ। प्रेममा आजको दिन राम्रो छ, तर सानो कुरामा अहंकारले दूरी नबढाओस् भन्नेमा ध्यान दिनुपर्छ। कोही प्रेम प्रस्ताव अघि बढाउन चाहनेहरूले आज राम्रो समय पाउनेछन्। विवाहितहरूले जीवनसाथीसँग आर्थिक वा परिवारिक कुरा मिलेर गर्नु राम्रो हुन्छ, त्यसले विश्वास थप बलियो बनाउँछ। कामकाजमा आज कोही पुरानो योजना सफल हुने देखिन्छ। जागिरमा अरूको कुरा नसुनेर आफ्नो ढंगले मात्रै अघि बढ्दा समस्या आउन सक्छ, त्यसैले सहकर्मी वा वरिष्ठको सल्लाह सुन्नु राम्रो हुन्छ। व्यवसायमा नयाँ योजना ल्याउनेहरूले पार्टनरसँग हिसाबकिताब स्पष्ट राख्नैपर्छ। कुनै काममा ढिलो भए पनि आजको प्रयासले नयाँ अवसर निकाल्नेछ। आर्थिक पक्ष हेर्दा नयाँ आम्दानीको बाटो खुल्न सक्छ। कतै अड्किएको रकम फिर्ता हुन सक्छ वा नयाँ किसिमको लाभ देखिन सक्छ। खर्च भने सँगै बढ्न सक्छ, परिवार वा साथीभाइसँग हिँडडुल गर्दा खर्च हुन सक्छ। स्वास्थ्यमा सामान्य समस्या बाहेक ठूलो केही देखिँदैन। शारीरिक थकान हुन सक्छ, धेरै दौडधुप नगर्नु राम्रो। खाना समयमा खानुहोस्, पानी पर्याप्त पिउनुहोस्।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

 

कन्या राशिका लागि आजको दिन योजनाबद्ध तर अलि थकाउने खालको हुनेछ। बिहानैदेखि कामको चाप, घरको जिम्मेवारी र आफ्नो व्यक्तिगत चाहनाबीच तालमेल राख्नुपर्छ। नजिकका मानिससँग सामान्य भनाभन भए पनि सानो कुरामा मन थामेर अघि बढ्दा स्थिति सहज हुनेछ। पुरानो साथीको फोन वा सन्देशले केही पुराना कुरा झल्क्याएर तपाईंलाई नयाँ योजना बनाउन प्रेरित गर्नेछ। मायाप्रेमको कुरा गर्दा पुराना कटुता बिर्सेर अघि बढ्न सकिने छ। कतिपयको सम्बन्धमा नयाँ कुरा सुरु हुने सम्भावना पनि छ, तर तत्काल ठूलो निर्णय नगर्नु राम्रो हुन्छ। विवाहितहरूले सन्तान वा घरायसी सुखका कुरामा आपसी छलफललाई प्राथमिकता दिनुपर्छ, नत्र मन खिन्न हुन सक्छ। कामकाजमा धेरै कुरा एकैचोटि थुप्रिने सम्भावना छ। जागिरमा पाएको जिम्मेवारी पुरा गर्दै पुरानो अधूरो कामसमेत अघि बढाउनु पर्नेछ। व्यवसाय गर्नेहरूले नयाँ पार्टनरको प्रस्तावमा विश्वास गर्नु अघि राम्रोसँग बुझ्नुपर्छ। सरकारी वा कानुनी काममा अलमल भए पनि साथीभाइको सहयोगले निकास पाउन सकिनेछ। पैसाको कुरा गर्दा आज सानो रकम हात पर्ने तर तत्कालै खर्च हुने परिस्थिति देखिन्छ। कुनै ऋण वा उधारो फिर्ता हुन सक्छ तर त्यो पनि अर्को काममा लगिन सक्छ। साथीभाइ वा परिवारका काममा खर्चिनुपर्ने हुनाले बचतमा ध्यान दिनुपर्छ। स्वास्थ्यमा पुराना समस्या दोहोरिन सक्छन्। पेट गडबडी, जाडो पखाला वा छाला सम्बन्धी एलर्जी देखिन सक्छ। तातो पानी पिउनुहोस्, सुत्ने बानीमा सुधार गर्नुहोस्।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

 

तुला राशिका लागि आज धेरै कुरा आफ्नो धैर्य र बोलीको शैलीले मात्रै मिल्न सक्नेछ। परिवारभित्र वा छरछिमेकसँग सामान्य भनाभन भए पनि मीठो व्यवहारले सम्बन्ध बलियो बनाउनेछ। बिहानैदेखि कुनै रमाइलो खबरले दिन सुरु हुन सक्छ, साथीभाइसँगको भेटघाट वा परिवारसँग सानो कार्यक्रम हुने सम्भावना छ। प्रेममा विश्वास र पारदर्शिता आवश्यक छ। कतिपयले आफ्ना भावना लुकाएर बसेका छन् भने आज भन्नका लागि राम्रो समय हो। सम्बन्धमा अलमल छ भने साथी वा आफन्तको सल्लाहले निकास दिन सक्छ। विवाहितहरूले घरका कुरामा पारिवारिक निर्णयमा जीवनसाथीलाई चित्त बुझाउनुपर्ने हुन्छ। कामकाजमा हतार नगरी बिस्तारै अघि बढ्दा राम्रो हुनेछ। जागिरमा पुरानो गल्ती कोट्याइएला, त्यसैले सावधानीपूर्वक काम गर्नुपर्छ। व्यापारमा नयाँ अवसर देखिए पनि कसैमाथि पूरै भर नपर्नु राम्रो हुन्छ। सरकारी वा कानुनी झन्झट भएमा आज समाधानको बाटो खुल्न सक्छ। पैसाको पक्ष सामान्य छ। फसेको रकम फिर्ता हुने सम्भावना छ। कतै सानो आम्दानी हुन सक्छ तर परिवारको आवश्यकता पूरा गर्न खर्च लाग्न सक्छ। अनावश्यक फजुल खर्चमा नियन्त्रण राखे उत्तम हुनेछ। स्वास्थ्यमा साना कुरा बाहेक ठूलो समस्या देखिँदैन। टाउको दुख्ने, थकान वा सर्दीखोकी हुन सक्छ। तातो–चिसोमा सन्तुलन राख्नुहोस्।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 

वृश्चिक राशि भएका आज केही कुरामा झट्ट झर्किने बानीले आफैँलाई अप्ठ्यारोमा पार्न सक्छ, त्यसैले बोलेको शब्द र अरूसँगको व्यवहारमा संयम राख्नुपर्छ। बिहानै घरमा सामान्य भनाभन हुन सक्छ तर त्यो धेरै बेर टिक्दैन, सानो कुराले पनि घरायसी वातारण फेरि शान्त बन्नेछ। साथीभाइ वा टाढाका आफन्तसँग लामो समयपछि कुरा हुँदा रमाइलो हुने सम्भावना छ। आज कतिपयलाई पुरानो विवाद वा कानुनी झमेलाको कुरा उठ्न सक्छ, तर पुरानो अनुभव र नजिकका व्यक्तिको साथले समाधानको बाटो पत्ता लाग्नेछ। मायाप्रेमका कुरा अलि चाखलाग्दा हुनेछन्। प्रेम सम्बन्धमा आशंका पालेर बस्नु ठीक हुनेछैन, नजिक भएका व्यक्तिको कुरा मन लगाएर सुनेर मात्र प्रतिक्रिया दिनु उचित हुनेछ। कोही एक्ला वृश्चिकले साथीभाइको जमघटमा नयाँ साथी भेट्न सक्छन्। विवाहितहरूका लागि सानो कुरा ठूलाे नबनाई समझदारी देखाउन सके घर भित्रै खुसी फैलिनेछ। कामकाजमा आज आफैँले सबै गर्नुपर्ला, अरूमाथि भर पर्नुभन्दा आफ्नै तालमा काम गर्दा राम्रो हुनेछ। जागिरमा कागजी झन्झट वा पुरानो गल्तीलाई लिएर माथिल्लो तहले प्रश्न गर्न सक्छ, तर आफूसँग प्रमाण छ भने डराउनु पर्दैन। व्यापारमा साझेदारको निर्णय चित्त नबुझ्न सक्छ, त्यसैले सबै कुरा खुलस्त पारेर अघि बढ्नु राम्रो हुन्छ। कुनै नयाँ योजना आजबाटै सुरु गर्ने योजना छ भने पहिलो पाइला सोचेर चाल्नुपर्छ। पैसा हात आउने संकेत छ, तर त्यसले बचतको ढोका भने अझै नखोल्न सक्छ। परिवार वा साथीका काममा खर्चिनुपर्ने हुन सक्छ, त्यसैले फजुल खर्च कटौती गर्नुपर्ने आवश्यकता आज बलियो देखिन्छ। कुनै पुरानो ऋण फिर्ता पाउने आशा राख्नु राम्रो भए पनि ढिलो हुन सक्छ। स्वास्थ्यमा टाउको दुख्ने, माइग्रेन, आँखामा समस्या वा पेट गडबडी हुन सक्छ। चिसो वा तातो एकदमै बढी नखानुहोस्, पानी प्रशस्त पिउनुहोस् र आज धेरै तनावमा नपर्नुहोस्।

 

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

 

धनु राशि भएका आज केही नयाँ कुरा सिक्ने, बुझ्ने र योजना बनाउने उत्साहमा देखिनेछन्। बिहानै साथी वा नातेदारको फोनले पुरानो कुनै योजना फेरि ताजा हुने सम्भावना छ। कतिपयको घरमा पाहुना आउने वा आफैँ कतै पाहुना बन्ने कुरा हुन सक्छ, जसले दिन रमाइलो बनाउनेछ। परिवारमा कोही सदस्यसँग सानो कुरामा चित्त नबुझ्न सक्छ तर समयमै कुरा मिलाउन सके घरको वातावरण सहज हुनेछ। प्रेम सम्बन्धका कुरा आज खुलस्त हुन सक्छन्। कोही एक्ला धनुले साथीभाइमार्फत नयाँ साथी भेट्ने सम्भावना छ। पुरानो सम्बन्धमा अलमल भएकाहरूका लागि मनको कुरा नलुकाई भन्न सके राम्रो हुनेछ। विवाहिता धनुले सन्तानको योजना, घर बनाउने वा सँगै यात्रामा जाने योजना बनाउन सक्छन्। कामकाजमा पुरानो कुरा पूरा गर्ने मौका आउनेछ। जागिरमा नयाँ जिम्मेवारी थपिन सक्छ, जसले तपाईँको मेहनत देखाउने छ। कामको सिलसिलामा नयाँ ठाउँ पुग्नुपर्ला वा कुनै बैठकमा भाग लिनुपर्ला। व्यापारमा पुरानो पार्टनरसँग कुरा नमिलेको छ भने आज मिलाप हुने संकेत छ। कुनै कानुनी वा सरकारी कामकाजमा केही ढिलाइ भए पनि अन्तिमतिर सुखद समाचार सुन्न पाइनेछ। पैसा आउने बाटो खुल्ने छ। कतै रोकिएको रकम फिर्ता हुन सक्छ वा नयाँ किसिमको आम्दानी देखिन सक्छ। खर्च पनि बराबर हुने देखिन्छ, विशेषगरी रमाइलो र पाहुना स्याहारमा। खर्च नियन्त्रणमा राख्न सके आजको आयले बचतमा पनि हात लाग्नेछ। स्वास्थ्यको कुरा गर्दा पाचन प्रणाली कमजोर हुन सक्छ, तिखा, चिल्लो वा धेरै चिसो कुरा नखानुहोस्। टाउको दुख्ने, राति नसुत्ने समस्या हुन सक्छ, आराम गर्नुपर्छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

 

मकर राशि भएकाले आज परिश्रमले फल दिने संकेत पाएका छन्। बिहानै कतिपयले नयाँ कामको प्रस्ताव पाउन सक्छन्, कोहीले पुरानो काम फेरि सुरु गर्ने निर्णय लिन सक्छन्। घरपरिवारमा हिजो–आज केही अप्ठ्यारो कुरा भयो भने आजदेखि सहज हुने देखिन्छ, तर सबैसँग चित्त बुझाएर कुरा गर्नु जरुरी हुनेछ। कोही नजिकका आफन्त वा साथीलाई सानो सहयोग गर्नुपर्ने हुन सक्छ, जसले सम्बन्ध अझ बलियो बनाउनेछ। प्रेम सम्बन्धमा केही समयदेखि आएको दूरी कम हुन सक्छ। भावनालाई थामेर बस्नुको साटो खुलस्त कुरा गर्दा समाधान आउनेछ। विवाहित मकरले परिवारको कुरा बाहिर नलानु राम्रो, सानो कुरा आफैँले मिलाएर समाधान गर्न सकिन्छ। कोही एक्लो मकरको प्रेम प्रस्ताव स्वीकृत हुने सम्भावना पनि छ। कामकाजमा हिजोअस्ति अलमलिएको कुरा अघि बढाउन सकिने छ। जागिरमा नयाँ जिम्मेवारी वा अतिरिक्त काम थपिन सक्छ। वरिष्ठले कामको प्रशंसा पनि गर्नेछन्, तर समयमै पूरा नगरे तनाव हुने सम्भावना छ। व्यापार गर्नेहरूले पुराना ग्राहकको सल्लाहलाई बेवास्ता नगर्नु राम्रो हुन्छ। कुनै सरकारी वा कागजी काम आज अगाडि बढ्न सक्छ। पैसा फिर्ता हुने वा सानो आम्दानीको बाटो खुल्ने देखिन्छ। तर कुनै सानो झमेला वा मर्मतका कारण खर्च पनि देखिन्छ। नयाँ सामान किन्ने सोच छ भने बजेट हेरेर मात्र निर्णय लिनु उत्तम हुन्छ। स्वास्थ्यमा सामान्य जाडो, पखाला, वा पेट पोल्ने समस्या देखिन सक्छ। ताजा र सफा खाना खानुपर्छ। चुरोट, रक्सीबाट टाढा रहनु राम्रो।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

 

कुम्भ राशि भएका आज मनको कुरालाई थामेर बस्नुभन्दा खोल्दै लैजानु उचित हुनेछ। बिहानै कुनै साथी वा आफन्तसँग भेट हुँदा पुराना कुरा खुलेर चर्चा हुन सक्छ। कतिपयले सानो यात्राको योजना बनाउन सक्छन्, साथीभाइसँग रमाइलो गर्ने वातावरण बन्न सक्छ। परिवारमा कोही सदस्यसँग सामान्य कुरा नमिल्दा मन अलमलिन सक्छ तर समयमै कुरा मिलाउन सकिनेछ। प्रेम सम्बन्धमा आज राम्रो संकेत छ। एक्ला कुम्भले पुरानो साथीलाई नै नयाँ दृष्टिले हेर्न थाल्न सक्छन्। लामो समयदेखि चिसिएको सम्बन्धमा मिठास फर्कन सक्छ। विवाहितहरूले घरको वातावरण रमाइलो बनाउन सँगै बसेर योजना बनाउनुपर्छ। कामकाजमा हिजो–अस्ति भएका साना गल्ती सुधार्ने अवसर छ। जागिरमा माथिल्लो तहको सहयोगले काम सहज हुनेछ। कुनै नयाँ जिम्मेवारी पाउन सकिनेछ। व्यापारमा साझेदारसँग कुरा स्पष्ट राख्नुपर्छ। सरकारी वा कानुनी काममा सानो दौडधुप हुन सक्छ, तर समाधान पाइन्छ। पैसा हात पर्न सक्छ, कुनै साथी वा नातेदारले सानो सहयोग गर्न सक्छ। अचानक कुनै लाभको खबर पनि सुन्न पाइने छ। खर्च भने रमाइलोमा वा यात्रामा बढ्न सक्छ, त्यसैले नियन्त्रण जरुरी हुन्छ। स्वास्थ्यमा सामान्य एलर्जी, ज्वरो, घाँटी बस्ने जस्ता कुरा देखिन सक्छ। आराम गरेर, तातो खानेकुरा खाएर दिन बिताउनुपर्छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

 

मीन राशि भएका आज भावना र यथार्थबीच सन्तुलन मिलाउनु पर्ने देखिन्छ। धेरै कुरा मनमा राखेर बस्नुभन्दा परिवार वा साथीभाइसँग बाँड्दा सजिलो हुनेछ। बिहानै केही नयाँ कुरा सुन्न पाइन्छ, पुरानो साथीको सन्देशले दिन रमाइलो बनाउन सक्छ। कतिपयको घरमा पाहुना आउन सक्छन् वा आफैँ कतै जानुपर्ने हुन सक्छ। प्रेमका कुरा खुलेर गर्न सकिनेछ। मनको कुरा भन्न नसक्दा समस्या भइरहेको थियो भने आज सल्लाह गरेर समाधान निस्कनेछ। पुरानो सम्बन्धलाई नयाँ रंग दिन सकिनेछ। विवाहितहरूले आपसी छलफलबाट घरभित्र खुसी ल्याउन सक्नेछन्। कामकाजमा नयाँ योजना बनाउने राम्रो समय हो। जागिरमा वरिष्ठको समर्थनले रोकिएको काम अघि बढ्नेछ। व्यवसायमा नयाँ ग्राहक वा साझेदार पाउन सकिनेछ। सरकारी वा कानुनी कागजात तयार पार्दा ध्यान दिनुपर्छ, सानो गल्तीले रोकावट ल्याउन सक्छ। पैसा आउने संकेत राम्रो छ। कतै रोकिएको रकम हात पर्न सक्छ, नयाँ आम्दानीको बाटा पनि खुल्न सक्छ। तर खर्च पनि हातसँगै जान सक्छ, त्यसैले एक्लै निर्णय नलिनु उचित हुन्छ। स्वास्थ्यमा पेट, छाला वा टाउको दुख्ने समस्या देखिन सक्छ। चिसो खानेकुरा र राति अबेरसम्म नबस्नुहोस्। सफा पानी पिउँदा फाइदा हुनेछ।