काठमाडौं, मंसिर २६ – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार आज पुनः मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा रहेको स्रोतले जनाएको छ। यसअघि तीनपटक क्याबिनेट विस्तार गरिसकेकी कार्कीले चौथोपटक मन्त्रिपरिषद् पुनः व्यापक बनाउने निर्णय लिएको बताइन्छ।
बिहीबार प्रधानमन्त्री कार्कीले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी थिइन्। भेटपछि मन्त्रालय पुनर्संरचनाबारे छलफल तीव्र हुँदै सरकार आजै नयाँ सदस्यहरू समावेश गर्ने तयारीमा लागेको हो।
स्रोतहरूका अनुसार यसपटक चार जना मन्त्री क्याबिनेटमा थपिनेछन्। तर कुन–कुन मन्त्रालयमा नयाँ चेहरे आउनेछन् भन्ने विवरण औपचारिक रूपमा खुलाइएको छैन। प्रधानमन्त्री निकट स्रोतका अनुसार विभागीय जिम्मेवारीबारे अन्तिम परामर्श जारी छ।
क्याबिनेट विस्तारसँगै सरकारको शक्ति–सन्तुलन, दलहरूको भागबन्डा र आगामी राजनीतिक समीकरणमा पनि यसको प्रभाव पर्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ।
