उद्योग मन्त्रालय आफैंसँग राख्दै बालेन, अमरेशलाई क्याबिनेटबाट हटाइयो


उद्योग मन्त्रालय आफैंसँग राख्दै बालेन, अमरेशलाई क्याबिनेटबाट हटाइयो
  • नवकिरण
  • चैत्र १३, २०८२

काठमाडौं, चैत १३ – बालेन्द्र शाह नेतृत्वको सरकार गठनका क्रममा मन्त्रिपरिषद् सूचीमा अन्तिम समयमा हेरफेर गरिएको छ। प्रारम्भिक रूपमा मन्त्री बन्ने चर्चा गरिएका अमरेश कुमार सिंह अन्ततः क्याबिनेटबाट बाहिरिएका छन्।

स्रोतका अनुसार उनलाई उद्योग मन्त्रालय दिने तयारी भए पनि उक्त जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं राख्ने निर्णय गरेका छन्। साथै, उनले रक्षा मन्त्रालयसमेत आफ्नै मातहतमा राखेका छन्।

सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद अमरेशले गगन कुमार थापा लाई हराउँदै संसद प्रवेश गरेका थिए। क्याबिनेट गठनमा गरिएको यो परिवर्तनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।