शाही र घिसिङलाई अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’


शाही र घिसिङलाई अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’
  • नवकिरण
  • श्रावण २, २०८२

काठमाडौँ, साउन २ – राप्रपाका नेता ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ ‘ग्लोबल हिरो अवार्ड २०२५’ बाट सम्मानित हुने भएका छन्।

उनीहरूलाई उक्त अवार्ड अमेरिका स्थित न्यूयोर्क सहरमा जुलाई २७ तारिखका दिन आयोजना हुने एक विशेष समारोहमार्फत प्रदान गरिनेछ। कार्यक्रमको आयोजना विश्वभर फैलिएको ‘ग्लोबल नेपाली’ संस्थाले गर्न लागेको हो।

ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा समाज, सेवा र विकासका क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ। यसपटकको सम्मान शाहीको भ्रष्टाचारविरोधी अभियान र घिसिङको ऊर्जा क्षेत्रमा पुर्‍याएको सुधारात्मक योगदानको मूल्यांकनका आधारमा गरिएको बताइएको छ।

अवार्ड समारोहमा विभिन्न मुलुकमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहनेछ। आयोजकले शाही र घिसिङको योगदानले नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत पुर्‍याएको भन्दै बधाई ज्ञापनसमेत गरेको छ।