रास्वपाको पाँच बुँदे प्रस्ताव : भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग


रास्वपाको पाँच बुँदे प्रस्ताव : भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग
  • नवकिरण
  • जेष्ठ २६, २०८२

काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदको गतिरोध हटाउन पाँच बुँदे प्रस्तावसहित छानबिन समिति गठनको माग गरेको छ।

संसद्मा केही दिनदेखि जारी अवरोध अन्त्य गर्न रास्वपाले सहमतिका लागि सो प्रस्ताव अघि सारेको हो। विपक्षी दलहरू प्रमुख प्रतिपक्षी नेकपा एमाले, रास्वपा, राप्रपा, एकीकृत समाजवादी लगायतका दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै लगातार संसद अवरुद्ध गर्दै आएका छन्।

सभामुख देवराज घिमिरेको पहलमा सत्ता पक्ष र विपक्षी दलहरूबीच पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन।

आजको प्रतिनिधिसभा बैठक पनि विपक्षीको अवरोधका कारण आधा घण्टाका लागि स्थगित गरिएको छ। संसदमा जारी यो गतिरोधको अन्त्यका लागि रास्वपाको प्रस्तावलाई सहमतिकाे बाटो खोल्ने प्रयासका रूपमा हेरिएको छ।