राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अदालतको आदेश


राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अदालतको आदेश
  • नवकिरण
  • अषाढ ४, २०८२

काठमाडौं, असार ४ — काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ।

न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेको निलम्बनसम्बन्धी निर्णय यथास्थितिमा राख्दै कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। अदालतको आदेशबारे जानकारी दिँदै सूचना अधिकारी पार्वती हितानले अनलाइनखबरलाई बताइन्।

नगर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले असार २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए। निलम्बन गर्नुअघि गुरागाईंले पाण्डेसँग स्पष्टीकरण मागेका थिए। तर पाण्डेले बुझाएको स्पष्टीकरण चित्त नबुझ्दो भएको भन्दै उनलाई निलम्बन गरिएको थियो।

पाण्डेले उक्त निलम्बनविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए। अदालतले रिटको प्रारम्भिक सुनुवाइपछि उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।