काठमाडौँ, भदौ २३ – सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध आक्रोशित जेनजी आन्दोलन सोमबार संसद् भवनसम्म पुगेको छ।
माइतीघरमाथि भेला भएका प्रदर्शनकारीले नारा लगाउँदै नयाँबानेश्वरतर्फ मार्च गरेका थिए। निषेधित क्षेत्र तोड्दै अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो। तर सुरक्षा अवरोध छिचोल्दै उनीहरू संसद् भवन पुग्न सफल भए।
संसद् भवन बाहिर उनीहरूले सरकारविरुद्ध तीव्र नाराबाजी मात्र गरेनन्, केही आक्रोशित युवाले भवनभित्र बोतल प्रहार समेत गरेका छन्।
सरकारको सामाजिक सञ्जाल नियमन नीतिलाई लोकतन्त्रविरोधी भन्दै जेनजीले निरन्तर प्रदर्शन गर्दै आएको छ। आन्दोलनमा सहभागी युवाहरूले यसलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुण्ठा गर्न खोजिएको कदम भन्दै सरकारलाई चेतावनी दिएका छन्।