आर्मी मुख्यालयमा जेनजी समूहबीच झगडा


आर्मी मुख्यालयमा जेनजी समूहबीच झगडा
  • नवकिरण
  • भाद्र २६, २०८२

काठमाडौं, भदौ २६ – राजधानीमा जारी जेनजी आन्दोलनले देशलाई राज्यविहीन अवस्थामा पुर्याएको भन्दै सामाजिक सञ्जाल र सडकमा अलग–अलग समूहका युवा गतिविधि देखिन थालेका छन्। आन्दोलन आह्वानकर्ताबीच समेत विवाद देखिन थालेको छ।

यसैक्रममा आर्मी मुख्यालयमा भेला भएका केही जेनजी समूहका युवाबीच झगडा भएको छ। अन्तरिम सरकारको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा फरक–फरक समूहले छुट्टाछुट्टै नाम अघि सार्दा विवाद उत्पन्न भएको थियो। हर्क साम्पाङलाई नेतृत्वमा बनाउन नहुने भन्दै विरोध गरेपछि उनका समर्थक र विरोधीबीच कुटाकुट भएको सहकर्मीहरूले जनाएका छन्।

हालसम्म जेनजी आन्दोलनमा कुनै निश्चित संगठन, संरचना वा नेतृत्व स्थापित भएको छैन। कतिले सुशीला कार्की, कतिले कुलमान, बालेन वा हर्क साम्पाङको नाम अघि सारिरहेका छन्। यस्तो भिन्नमत र आपसी झगडाले आन्दोलनबाट उत्पन्न राजनीतिक शून्यता अझै बढाएको छ।

विशेषज्ञहरूले यो अवस्थालाई आन्दोलन बिस्तारै “तमासामा” परिणत हुन थालेको भन्दै आलोचना र चिन्ता व्यक्त गरेका छन्। साथै, सेनाले पनि यी समूहहरूको अधिकारिता र गतिविधिबारे प्रश्न उठाएको छ।