काठमाडौँ, मंसिर ८ – खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ।
सोमबार मध्यान्ह आयोग पुगेका सुनार र उनका साथीसहयोगीले बाजागाजासहित प्रमाणपत्र ग्रहण गरेका हुन्।
उनीहरूले कात्तिक १८ गते दल दर्ताका लागि निवेदन पेस गरेका थिए। आवश्यक प्रक्रिया पूरा भएपछि आयोगले पार्टीलाई आधिकारिक मान्यता प्रदान गरेको हो। दर्ता प्रमाणपत्र प्राप्त भएपछि पार्टीले आफ्नो संगठन विस्तार र आगामी राजनीतिक एजेन्डा अघि सार्ने तयारी जनाएको छ।
