कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय


कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय
  • नवकिरण
  • चैत्र १३, २०८२

काठमाडौं, चैत १३ – सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा घटेका घटनाबारे अध्ययन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले पेश गरेको प्रतिवेदनलाई अब व्यवहारमा लागू गरिनेछ।

प्रवक्ता पोखरेलले सरकारको निर्णय सार्वजनिक गर्दै प्रतिवेदन कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना बनाइएको जानकारी दिए। उनका अनुसार यसलाई दुई चरणमा विभाजन गरी लागू गरिनेछ।

सरकारले प्रतिवेदनमा समेटिएका सिफारिसलाई क्रमशः कार्यान्वयन गर्दै घटनासँग सम्बन्धित विषयहरूको समाधान खोज्ने तयारी गरेको जनाएको छ।

यस निर्णयसँगै जेनजी आन्दोलनका क्रममा उठेका मुद्दाहरू सम्बोधन हुने अपेक्षा गरिएको छ।