कांग्रेस र एमाले बिचौलियाका लागि काम गर्छन् : प्रचण्ड


कांग्रेस र एमाले बिचौलियाका लागि काम गर्छन् : प्रचण्ड
  • नवकिरण
  • जेष्ठ २८, २०८२

काठमाडौं, जेठ २८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेलाई ‘दलाल र बिचौलिया’ को संज्ञा दिएर गम्भीर टिप्पणी गर्दै आफूहरू जनताको हितमा काम गर्ने पार्टी भएको बताएका छन्।

उनले मुस्ताङमा आयोजित कार्यक्रममा भने: “माओवादी अरू पार्टी होइन। हामी जनताको हितका लागि काम गर्छौं। तर कांग्रेस-एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्।”

प्रचण्डले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको आत्मसम्मान जोगाउने र समस्या समाधानमा सक्रिय भूमिका खेल्न निर्देशन समेत दिएका छन्।

कार्यक्रमका क्रममा प्रचण्डले मुस्ताङलाई नमुना जिल्ला बनाउने स्पष्ट योजना रहेको बताए।

“हामीले मुस्ताङको वस्तुगत अवस्था बुझ्न स्थलमार्ग हुँदै गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेका छौँ। जनताका समस्या बुझेका छौँ। अब समाधानमा इमानदारीपूर्वक लाग्न आवश्यक छ।”

उनले माओवादीले गरेको जनप्रत्यक्ष संवाद र स्थानीय समस्यूप्रति सहानुभूतिको उत्साहका कारण मुस्ताङ सफल उदाहरण बन्न सक्ने विश्वास व्यक्त गरे।