निलम्बनविरुद्ध महानगर प्रहरी प्रमुख पाण्डेद्वारा उच्च अदालतमा रिट


निलम्बनविरुद्ध महानगर प्रहरी प्रमुख पाण्डेद्वारा उच्च अदालतमा रिट
  • नवकिरण
  • अषाढ ३, २०८२

काठमाडौं, असार ३ – काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजु पाण्डेले आफ्नो निलम्बनविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका छन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईँले पाण्डेलाई जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए। यस निर्णयविरुद्ध पाण्डेले मङ्गलबार अदालतमा रिट दायर गरेका हुन्। पाटन उच्च अदालतमा पाण्डेको रिटमाथि बुधबार (असार ४) सुनुवाइ हुने सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

पाण्डेलाई गत जेठ ६ गते गुरुगाईँले कार्यसम्हाल्न जाँदा अवरोध गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो। उनले सात बुँदे स्पष्टीकरण माग्दै पाण्डेप्रति कारबाही प्रक्रिया अघि बढाएका थिए।

पाण्डेको रिट दायरपछि यो प्रकरण कानुनी चरणमा प्रवेश गरेको छ।