उच्च अदालतको आदेशपछि पुनः काममा फर्किए राजु पाण्डे


उच्च अदालतको आदेशपछि पुनः काममा फर्किए राजु पाण्डे
  • नवकिरण
  • अषाढ ५, २०८२

काठमाडौं, असार ५ – काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे पुनः काममा फर्किएका छन्।

उच्च अदालत पाटनको आदेशपछि उनी बिहीबार बिहान सुन्धारास्थित कार्यालयमा हाजिर भएर पुनः ड्युटीमा फर्किएका हुन्।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णयमा असार २० गते पाण्डेलाई निलम्बन गरिएको थियो। त्यसविरुद्ध पाण्डेले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए।

बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा अन्तरिम आदेश जारी गर्दै निलम्बनको निर्णय कार्यान्वयन नगर्न महानगरलाई आदेश दिएको थियो। सो आदेशपछि पाण्डेले बिहीबारबाट पुनः आफ्नो पदभार सम्हालेका हुन्।

उक्त आदेशले पाण्डे पुनः कार्यक्षेत्रमा फर्कन पाउने कानुनी आधार प्रदान गरेको छ। अब उनी नियमित रूपमा काठमाडौं महानगर प्रहरी बलको जिम्मेवारी सम्हाल्नेछन्।