रवि लामिछानेको समर्थनमा डा. सिके राउत हस्ताक्षर गर्न घण्टीघर पुगे


रवि लामिछानेको समर्थनमा डा. सिके राउत हस्ताक्षर गर्न घण्टीघर पुगे
  • नवकिरण
  • अषाढ ३०, २०८२

काठमाडौं, असार ३० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत हस्ताक्षर अभियानमा सहभागी भएका छन्।

सोमबार डा. राउत रास्वपाको केन्द्रिय कार्यालय, बनस्थली (घण्टीघर) पुगेका हुन्। रास्वपाले लामिछानेको पक्षमा गत असार ७ गतेदेखि समर्थन जुटाउने हस्ताक्षर अभियान सुरु गरेको हो।

डा. राउतको उपस्थिति यस अभियानमा एकप्रकारको नैतिक समर्थनको रूपमा लिइएको छ। रास्वपाले लामिछानेविरुद्ध भइरहेको गतिविधि नियोजित र पूर्वाग्रही भएको भन्दै अभियानमार्फत जनमत बटुलिरहेको छ।

यता, रास्वपाका नेताहरूले डा. राउतको सक्रिय समर्थनले सरकारप्रतिको असन्तोष अझ तीव्र भएको प्रतिक्रिया दिएका छन्। अभियानमा नागरिकसहित विभिन्न दलका कार्यकर्ताहरूको सहभागिता बढ्दै गएको बताइएको छ।