काठमाडौं, साउन २९ – सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरिएका पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दामा उच्च अदालत पोखरामा आज सुनुवाइ सकिएन।
मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासमा सरकारी वकिलहरूले आजको बहस पूरा गरे पनि अन्य पक्षको तर्क बाँकी रहेकाले सुनुवाइ अर्को बिहीबारसम्म स्थगित गरिएको हो।
जिल्ला अदालत कास्कीले २५ पुस, २०८१ मा लामिछानेलाई ठगी आरोपसहितको मुद्दामा ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। सो आदेशविरुद्ध सरकारी वकिलहरूले उच्च अदालतमा पुनरावलोकन माग गर्दै निवेदन दर्ता गरेका छन्। उनीहरूले लामिछानेलाई थुनामै राखी मुद्दा अघि बढाउनुपर्ने माग दोहोर्याएका छन्।