काठमाडौँ, भदौ १९ – प्रतिनिधिसभामा बिहीबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा नेपाल सहमत भएको भन्ने समाचार बाहिर आएपछि सरकारसँग स्पष्टिकरण माग गरेका छन् ।
सांसद राणाले जीएसआई जस्तो संवेदनशील विषय संसद्मा छलफल नै नगरी नेपाल सहमत भएको दाबी सार्वजनिक भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयम् सदनमा उपस्थित भएर सत्य तथ्य खुलाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, “एजेन्डामा समेत नरहेको प्रस्तावमा नेपाल सहमत भएको चर्चा भएको छ । यस्तो विषयमा प्रधानमन्त्रीले आएर स्पष्ट जवाफ दिन जरुरी छ ।”