काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।
सोमबार दिउँसो संसद् भवनसम्म पुगेका प्रदर्शनकारीले निषेधित क्षेत्र उल्लंघन गरी भवनभित्र समेत प्रवेश गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।
प्रशासनले नागरिकलाई तोकिएको समयसम्म घरबाहिर ननिस्कन र कर्फ्यु उल्लंघन नगर्न आग्रह गरेको छ।