देउबाको गर्धनमा लगाइयो १२ ओटा टाँका, अझै अस्पतालमै


देउबाको गर्धनमा लगाइयो १२ ओटा टाँका, अझै अस्पतालमै
  • नवकिरण
  • आश्विन ३, २०८२

काठमाडौँ, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हाल सैनिक अस्पताल छाउनीमा उपचार गराइरहेका छन्। गर्धनमा गम्भीर चोट लागेर चिकित्सकले उनलाई १२ टाँका लगाएका छन्।

शुक्रबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवाको स्वास्थ्यबारे नेताहरूलाई जानकारी दिएका थिए। उनले डाक्टरको सल्लाहअनुसार देउवालाई केही दिन अस्पतालमै राखिने बताए।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार देउवाको अवस्था सामान्य छ, तर चिकित्सकको निगरानीमा निरन्तर उपचार भइरहेको छ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण हुँदा देउवा र उनकी पत्नीलाई घरबाट निकालेर कुटपिट गरिएको थियो। सो घटनामा घाइते भएका कारण अहिले देउवा अस्पतालमा रहेका हुन्।