हितेन्द्रदेव शाक्य : दुईपटक नियुक्त भए पनि काम गर्ने अवसर पाएनँ


हितेन्द्रदेव शाक्य : दुईपटक नियुक्त भए पनि काम गर्ने अवसर पाएनँ
  • नवकिरण
  • आश्विन ६, २०८२

काठमाडौँ, असोज ६ – नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरुवा गर्ने सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

आइतबार मन्त्रिपरिषद्ले शाक्यलाई प्राधिकरण प्रमुखबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाएको थियो। सो निर्णयपछि शाक्यले प्रतिक्रिया दिँदै भने, “सरकारले राम्रो उद्देश्यसहित सरुवा गरेको भए आयोगमै बसेर सहयोग गर्थें, तर कारणविनै हटाइयो।”

उनले प्राधिकरणमा दुई पटक नियुक्ति भए पनि काम गर्ने अवसर नपाएको दुखेसो व्यक्त गरे। “काम सुरु गर्नुअघि नै पद खोसिएको छ,” उनले भने।

कानुनी लडाइँमा जानेबारे प्रश्नमा शाक्यले तत्काल त्यस्तो योजना नभएको बताए। तर, सरकारको आगामी व्यवहारअनुसार आफू अघि बढ्ने स्पष्ट संकेत दिएका छन्।