आगामी निर्वाचन : नयाँ मतदाता नाम दर्ता गर्न आयोगको तयारी


आगामी निर्वाचन : नयाँ मतदाता नाम दर्ता गर्न आयोगको तयारी
  • नवकिरण
  • आश्विन ८, २०८२

काठमाडौँ, असोज ८ – राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेसँगै प्रतिनिधि सभा निर्वाचनको तयारीलाई अघि बढाउने बाटो खुलेको छ। यससँगै निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नयाँ मतदाता नामावली सङ्कलन गर्ने तयारी थालेको छ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार अध्यादेश आएपछि अब मतदाता नामावली सङ्कलनमा रहेको कानुनी अवरोध हटेको छ। ‘आयोगको बैठक चाँडै बसेर नामावली अद्यावधिक गर्ने मिति तोकिनेछ,’ उनले बताए।

यस प्रक्रियाले विशेषगरी हालसम्म नाम दर्ता गर्न नपाएका तर उमेर पुगेका जेनजी पुस्तालाई मताधिकार प्रयोग गर्ने अवसर दिने आयोगले जनाएको छ।

भट्टराईले बिहीबारसम्म आयोगको बैठक बसेर मिति निर्धारणसहित आवश्यक कार्यसूची तय हुने जानकारी दिए।