लगातार उकालो यात्रामा सुन, कतिमा हुँदैछ कारोबार?


लगातार उकालो यात्रामा सुन, कतिमा हुँदैछ कारोबार?
  • नवकिरण
  • आश्विन ३१, २०८२

काठमाडौँ, असोज ३१ – नेपाली बजारमा सुनको मूल्य पुनः उच्च विन्दुतर्फ उक्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ७ हजार १ सय रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेको हो।

गत बिहीबारसम्म सुनको दर २ लाख ५० हजार ९०० रुपैयाँ मा स्थिर रहेकोमा आजको कारोबारसँगै मूल्यमा उल्लेखनीय वृद्धि भएको हो। व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको दर बढेकै कारण नेपालमा पनि यसको प्रभाव परेको बताएका छन्।

यस्तै, चाँदीको मूल्यमा समेत वृद्धि भएको छ। बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।