काठमाडौं, कार्तिक २५ – मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको प्रक्रियामाथि उठेको विवाद सर्वोच्च अदालतसम्म पुगेको छ। प्रदेशसभाका ७४ जना सांसदहरूले उक्त प्रक्रियाविरुद्ध दायर गरेको रिट मंगलबार सर्वोच्चमा दर्ता भएको हो।
कांग्रेस संसदीय दलका नेता कृष्ण यादवका अनुसार संविधानको धारा १६८(३) अनुसार गठन गरिएको वर्तमान सरकार संविधानसम्मत नभएको दाबी गर्दै उनीहरूले रिट दायर गरेका हुन्।
दर्ता भएको रिटको पेसी कात्तिक २६ गते (बुधबार) का लागि तोकिएको छ, जहाँ मुद्दाका बारेमा प्रारम्भिक सुनुवाइ हुनेछ।
