मिराज ढुंगाना समूहको प्रदर्शन घोषणापछि माइतीघरमा कडा सुरक्षा


मिराज ढुंगाना समूहको प्रदर्शन घोषणापछि माइतीघरमा कडा सुरक्षा
  • नवकिरण
  • पौष ७, २०८२

काठमाडौँ, पुस ७ – मिराज ढुंगाना नेतृत्वको समूहले माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै माइतीघर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

उक्त समूहले जेन–जी आन्दोलनलाई धोका दिइएको दाबी गर्दै सर्वपक्षीय सरकार गठनको मागसहित आजदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको हो। आन्दोलनको कार्यक्रम सार्वजनिक भएपछि सुरक्षा निकाय सतर्क बनेका छन्।

यता जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा प्रदर्शन गर्न अनुमति नदिने स्पष्ट पारेको छ। आन्दोलनको अनुमति माग्दै समूहका प्रतिनिधि प्रशासन कार्यालय पुगे पनि अनुमति नदिइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिएका छन्।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै माइतीघर क्षेत्रमा निगरानी बढाइएको र अवस्था सामान्य राख्न आवश्यक तयारी गरिएको प्रशासनको भनाइ छ।