झापा–५ मा दोहोरिने ओली ? एमालेले गर्‍यो सर्वसम्मत सिफारिस


झापा–५ मा दोहोरिने ओली ? एमालेले गर्‍यो सर्वसम्मत सिफारिस
  • नवकिरण
  • पौष १९, २०८२

काठमाडौं, पुस १९ – झापा–५ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

शनिबार बिर्तामोडमा बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले अन्य कुनै दाबेदार नदेखिएपछि ओलीको एकल नाम केन्द्रमा पठाउने निर्णय गरेको हो। एमाले झापाका सचिव तुलसी कार्कीले क्षेत्रबाट सर्वसम्मत निर्णयसहित ओलीको नाम सिफारिस गरिएको जानकारी दिए।

यसअघि पनि झापा–५ बाट निरन्तर निर्वाचन जित्दै आएका ओली यसपटक पनि बलियो अवस्थामा रहेको निष्कर्ष क्षेत्रीय कमिटीले निकालेको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै एमालेले यस क्षेत्रमा अध्यक्ष ओलीको उम्मेदवारीलाई प्राथमिकता दिएको जनाएको छ।