‘जनताको प्रतिनिधि बन्नेछु’ भन्दै आशिकाले गरिन् उम्मेदवारी कायम रहने घोषणा


‘जनताको प्रतिनिधि बन्नेछु’ भन्दै आशिकाले गरिन् उम्मेदवारी कायम रहने घोषणा
  • नवकिरण
  • माघ ९, २०८२

काठमाडौँ, माघ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीकी धादिङ क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नहुने स्पष्ट पारेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफू चुनाव जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको बताउँदै विभिन्न हल्लामा विश्वास नगर्न आग्रह गरेकी हुन्।

शुक्रबार फेसबुकमा स्टाटस लेख्दै तामाङले उम्मेदवारी फिर्ता गर्ने कुनै निर्णय नभएको र जनताको प्रतिनिधि बनेर संसद् पुग्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

तर, धादिङका निर्वाचन अधिकृत एकराज अधिकारीले भने तामाङले फोन र इमेलमार्फत उम्मेदवारी फिर्ताका विषयमा सम्पर्क गरेको जानकारी दिएका छन्। यस विषयमा फरक–फरक दाबी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ।