काठमाडौं, साउन ८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एक पत्रकार सम्मेलन गर्ने तयारी गरेकी छन्। स्रोतका अनुसार पत्रकार सम्मेलन दिउँसो ३ बजे कार्की बैंन्क्वेट, काठमाडौंमा आयोजना हुनेछ।
भण्डारीनिकट एक नेताका अनुसार, हालै सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकपछि उत्पन्न परिस्थितिबारे सार्वजनिक रूपमा धारणा राख्न पत्रकार सम्मेलन तय गरिएको हो। सो बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको थियो।
नेकपा एमालेको केन्द्रीय निर्णय अनुसार, पार्टीको विधान र नेपालको संविधानका केही धाराहरूको हवाला दिँदै भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न नसकिने निष्कर्ष निकालिएको छ। यसै सन्दर्भमा पूर्वराष्ट्रपतिले आफ्नो पक्ष स्पष्ट पार्ने तयारीमा रहेको बुझिएको छ।
भोलिको पत्रकार सम्मेलनमा उनले राजनीतिक भविष्य, पार्टीसँगको सम्बन्ध, र पछिल्ला घटनाक्रममा आफ्नो धारणा सार्वजनिक गर्ने अनुमान गरिएको छ।