काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतसँग भेटवार्ता गरेकी छन्। प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारमा उनलाई मन्त्रीका रूपमा सहभागी गराउन आग्रह गरेकी थिइन्।
तर, डा. रुइतले आफ्नो अस्पतालको जिम्मेवारी र बिरामीलाई छाडेर मन्त्रालयमा जान नसक्ने स्पष्ट जवाफ दिएका छन्। “यहाँको काम छाडेर कसरी जाने? बिरामीलाई छाडेर आउन सक्दिनँ,” उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए।
जेनजी आन्दोलनपछि बनेको सरकारमा डा. रुइतको नाम मन्त्रीका लागि चर्चामा आए पनि उनले चिकित्सकीय सेवामै समर्पित रहने बताए। सरकारलाई आवश्यक परे आफ्नो पेसागत भूमिकामार्फत सहयोग गर्ने प्रतिबद्धता भने उनले व्यक्त गरे।