काठमाडौँ, पुस ३ – नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत सचिव पदको मतगणना जारी रहँदा महेश बस्नेत अग्रस्थानमा देखिएका छन्। हालसम्म १ हजार १३९ मत गणना हुँदा बस्नेतले ७८३ मत प्राप्त गरेका छन्।
उनलाई पद्मा कुमारी अर्यालले ७७८ मतसहित नजिकबाट पछ्याइरहेकी छन् भने छविलाल विश्वकर्माले ७६९ मत पाएका छन्। यस्तै शेरधन राईले ७६७ मत प्राप्त गर्दै प्रतिस्पर्धालाई कडा बनाएका छन्।
मत परिणामअनुसार खगराज अधिकारीले ६८०, हिक्मत कुमार कार्कीले ६७२, यमलाल कडेलले ६२६ र राजन भट्टराईले ५८१ मत प्राप्त गरेका छन्। भानुभक्त ढकालले ५५२ र गोकुल प्रसाद बास्कोटाले ५२८ मत पाएका छन्।
त्यस्तै ठाकुर प्रसाद गैरेले ४६२, रचना खड्काले ४५९, कर्णबहादुर थापाले ४४४ र लाल बाबु पण्डितले ३९९ मत हासिल गरेका छन्। अग्नि प्रसाद खरेलले ३७७, विनोद प्रसाद ढकालले ३५५ र कृष्ण गोपाल श्रेष्ठले ३२५ मत पाएका छन्।
इन्द्रलाल साप्कोटाले २०९, पुर्सोतम पौडेलले २३०, पेम्बा लामाले २५५ मत प्राप्त गरेका छन्। सचिव पदका लागि भइरहेको प्रतिस्पर्धामा अन्तिम परिणाम आउन बाँकी रहेकाले मतगणनासँगै तस्वीर अझ स्पष्ट हुने निर्वाचन समितिले जनाएको छ।
