शहरी विकास मन्त्रालयबाट तरुण दलको भवन निर्माणका लागि ३ करोड बजेट विनियोजन


शहरी विकास मन्त्रालयबाट तरुण दलको भवन निर्माणका लागि ३ करोड बजेट विनियोजन
  • नवकिरण
  • जेष्ठ २४, २०८२

काठमाडौं, जेठ २४ – शहरी विकास मन्त्रालयले नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको भवन निर्माणका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा उक्त रकम छुट्याइएको भए पनि यो भवन तरुण दलका लागि निर्माण गरिने हो।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले एक वक्तव्य जारी गर्दै भवन निर्माणका लागि बजेट उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका छन्। उनले उक्त बजेट व्यवस्था गर्न सहयोग पुर्‍याएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति विशेष आभार प्रकट गरेका छन्।

शहरी विकास मन्त्रालयको नेतृत्व पनि कांग्रेसका नेता प्रकाशमान सिंहले गरिरहेका छन्। तरुण दलले मन्त्री सिंहप्रति समेत बजेट उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गरेको छ।