पूर्वराष्ट्रपति भण्डारी र नेता शेखरबीच भेटवार्ता : राजनीतिमा सँगै अघि बढ्ने संकेत


पूर्वराष्ट्रपति भण्डारी र नेता शेखरबीच भेटवार्ता : राजनीतिमा सँगै अघि बढ्ने संकेत
  • नवकिरण
  • श्रावण २, २०८२

काठमाडौं, साउन २ – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ।

भण्डारी निवासमा भएको करिब एक घण्टाको संवादमा समसामयिक राजनीति, सुशासन र भ्रष्टाचार विरुद्धको अभियानबारे गम्भीर छलफल भएको स्रोतले जानकारी दिएको छ।

भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आफू अब सक्रिय राजनीतिमा प्रवेश गर्न लागेको जानकारी दिँदै डा. कोइरालाको साथ र सहयोगको अपेक्षा रहेको स्पष्ट रूपमा व्यक्त गरेकी थिइन्।

डा. कोइरालाले पूर्वराष्ट्रपतिको राजनीतिक प्रवेशलाई सकारात्मक कदमका रूपमा व्याख्या गर्दै सुशासन, जवाफदेहिता र भ्रष्टाचारविरुद्ध सशक्त रूपमा उभिन सुझाव दिएका थिए।

स्रोतका अनुसार, कोइरालाले वर्तमान राजनीतिक परिवेशमा भण्डारीजस्तो अनुभव र प्रतिष्ठा बोकेको व्यक्तित्वले सार्वजनिक हितका मुद्दामा मुखरित हुन आवश्यक रहेको बताएका छन्।