जलेको कांग्रेस कार्यालयमा वीपी कोइरालाको तस्बिर पुनः राखियो


जलेको कांग्रेस कार्यालयमा वीपी कोइरालाको तस्बिर पुनः राखियो
  • नवकिरण
  • भाद्र २७, २०८२

काठमाडौं, भदौ २७ – सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा संस्थापक नेता वीपी कोइरालाको तस्बिर पुनः राखिएको छ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भई भवन क्षतिग्रस्त बनेको थियो। त्यसपछि शुक्रबार बिहान नेपाल विद्यार्थी संघका कार्यकर्ताले पार्टी संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको तस्बिरसहित ब्यानर टाँसेका हुन्।

कार्यालयका सचिव प्रकाश शर्माले दिएको जानकारीअनुसार, उक्त ब्यानरमा “उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौँ, हामी उठ्ने छौँ” भन्ने संदेश लेखिएको छ।

शर्माले जलाइएको पार्टीको झण्डा पनि चाँडै कार्यालयमा राख्ने तयारी भइरहेको उल्लेख गरे।