|Oplus_131072
काठमाडौं, असोज ३ – नेपाली कांग्रेसले पार्टी नेतृत्वमा तत्काल कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ।
शुक्रबार सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा कार्यवाहक सभापति नतोकिने र विशेष महाधिवेशन पनि नबोलाउने निष्कर्ष निकालेको हो।
सहमहामन्त्री महेन्द्र यादवका अनुसार देउवाको स्वास्थ्य सामान्य भएपछि मात्र केन्द्रीय समिति बैठक बोलाइनेछ। ‘‘तत्कालका लागि कसैलाई कार्यवाहकको जिम्मेवारी दिने वा महाधिवेशन गर्नेबारे छलफल भएको छैन,’’ यादवले बैठकपछि बताएका छन्।
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा कुटिएका देउवा हाल उपचाररत छन्। पार्टीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दशैं–तिहारपछि केन्द्रीय समिति बैठक आह्वान गर्ने तयारी गरेको छ।
