जनकपुरमा कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता


जनकपुरमा कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता
  • नवकिरण
  • आश्विन ८, २०८२

जनकपुर, असोज ८ – नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बिहान प्रदेश राजधानी जनकपुरमा बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

बैठकपछि नेताहरूले भने, अब आजै मन्त्रीहरूलाई फिर्ता बोलाउने प्रक्रिया अघि बढाइनेछ। यससँगै मधेस प्रदेश सरकार संकटमा पर्ने देखिएको छ।