पूर्णबहादुर खड्का कांग्रेसको कार्यवाहक सभापति नियुक्त


पूर्णबहादुर खड्का कांग्रेसको कार्यवाहक सभापति नियुक्त
  • नवकिरण
  • आश्विन २८, २०८२

काठमाडौं, असोज २८ – नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो।

बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी देउवाको प्रस्तावमा सर्वसम्मत रूपमा तोकिएको जानकारी दिए।

सभापति शेरबहादुर देउवाले बैठकमा सम्बोधन गरेलगत्तै आजको बैठक स्थगित गरिएको थियो। आगामी पर्सि पुनः बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खडकाले नै गर्ने महामन्त्री शर्माले जनाएका छन्।

गत २४ भदौमा भएको जेन–जी आन्दोलनपछि देउवा पहिलो पटक सार्वजनिक रुपमा देखिएका हुन्। उनी उपचारका लागि चाँडै विदेश प्रस्थान गर्ने तयारीमा रहेको पनि कांग्रेस स्रोतले जनाएको छ।