कांग्रेसमा नयाँ अध्याय : सभापति गगन थापाले आज पदभार ग्रहण गर्दै


कांग्रेसमा नयाँ अध्याय : सभापति गगन थापाले आज पदभार ग्रहण गर्दै
  • नवकिरण
  • माघ ९, २०८२

काठमाडौँ, माघ ९ – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले आज औपचारिक रूपमा पदभार सम्हाल्दैछन्। माघ १ गते काठमाडौँमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट पूर्व महामन्त्री थापा सर्वसम्मत रूपमा सभापति चयन भएका थिए।

पदवहालीसँगै थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि बसाल्ने कार्यक्रम रहेको छ। दिउँसो १ बजे हुने उक्त बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ।

पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूलाई सहभागी हुन बोलाइएको छ। विशेष महाधिवेशनपछि नेतृत्व सम्हालेका थापाले आजैबाट कांग्रेसको सांगठनिक तथा राजनीतिक नेतृत्व औपचारिक रूपमा सम्हाल्नेछन्।