चुनावी गतिविधि तीव्र पार्दै झापा पुगे केपी शर्मा ओली


चुनावी गतिविधि तीव्र पार्दै झापा पुगे केपी शर्मा ओली
  • नवकिरण
  • माघ २३, २०८२

काठमाडौँ, माघ २३ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रबार झापा पुगेका छन्। उनी चन्द्रगढी विमानस्थलमार्फत आफ्नो निर्वाचन क्षेत्र झापा आएका हुन्।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यसपटक झापा जिल्लामा एमालेको बलियो जनसमर्थन रहेको दाबी गरे। झापाली जनताको माया र विश्वास पार्टीप्रति रहेको उल्लेख गर्दै उनले जिल्लालाई ‘सूर्यमय’ बनाउन नेता–कार्यकर्ता र समर्थकलाई सक्रिय हुन आग्रह गरे।

अध्यक्ष ओलीलाई स्वागत गर्न चन्द्रगढी विमानस्थलमा एमाले सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वसभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहालसहित पार्टीका नेता तथा कार्यकर्ता उपस्थित थिए।

पार्टी स्रोतका अनुसार अध्यक्ष ओली आगामी एक सातासम्म झापामै रहने कार्यक्रम छ।