बादल निर्विरोध एमाले संसदीय दलको नेता निर्वाचित, सुहाङले दिए बधाई


बादल निर्विरोध एमाले संसदीय दलको नेता निर्वाचित, सुहाङले दिए बधाई
  • नवकिरण
  • चैत्र १८, २०८२

काठमाडौँ, चैत १७ – नेकपा एमालेको संसदीय दलको नयाँ नेता तय भएको छ। रामबहादुर थापा ‘बादल’ बुधबार संसदीय दलको नेता पदमा निर्विरोध चयन भएका हुन्।

यसअघि सांसद सुहाङ नेम्वाङले पनि नेताको दाबी गरेका थिए। तर, अन्तिम समयमा मनोनयन दर्ता गर्दा उनले आवश्यक प्रस्तावक र समर्थक जुटाउन सकेनन् र त्यसैले उनकाे उम्मेदवारी अघि बढ्न सकेन।

निर्विरोध निर्वाचित भएपछि बादललाई खादा ओढाएर सुहाङले समेत बधाई दिएका छन्।