कानुनमन्त्री गौतम र स्वीट्जरल्यान्डका राजदूतबीच भेटवार्ता


कानुनमन्त्री गौतम र स्वीट्जरल्यान्डका राजदूतबीच भेटवार्ता
  • नवकिरण
  • चैत्र २५, २०८२

काठमाडौं, चैत २५ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीले शिष्टाचार भेट गर्नुभएको छ।

भेटका क्रममा राजदूत म्युलीले मन्त्री गौतमलाई नयाँ जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। साथै, नेपाल–स्वीट्जरल्यान्ड सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा पनि व्यक्त गर्नुभयो।

दुवै पक्षबीच दुई देशबीचको दीर्घकालीन मैत्री सम्बन्ध, आपसी सहकार्य र विकासका क्षेत्रमा भइरहेका साझेदारीबारे छलफल भएको थियो। उनीहरूले सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा जोड दिएका छन्।

त्यसैगरी, नेपालको शान्ति प्रक्रिया, कानुनी सुधार तथा न्यायमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्ने विषयमा पनि विचार आदान–प्रदान भएको बताइएको छ।