तीन वर्षपछि चाँदनी खातुनको हत्यामा संलग्न श्रीमान् पक्राउ


तीन वर्षपछि चाँदनी खातुनको हत्यामा संलग्न श्रीमान् पक्राउ
  • नवकिरण
  • अषाढ १६, २०८२

रौतहट, असार १६ – तीन वर्षदेखि फरार रहेका चाँदनी खातुनको हत्यामा संलग्न भनिएका उनका श्रीमान् फैयाद मिया मन्सुरीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मन्सुरीलाई २०७८ साल माघ २६ गते ईशनाथ नगरपालिका–४ मठिया टोलस्थित गहुँको खेतमा मृत अवस्थामा फेला परेकी चाँदनी खातुनको हत्या अभियोगमा पक्राउ गरिएको हो।

प्रहरीले जनाएको अनुसार खातुनको घाँटीमा सल बेरेर र मुखमा सल कोचेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। घटनापछि फरार रहेका मन्सुरीलाई लामो अनुसन्धानपछि असार १३ गते पक्राउ गरिएको हो।

हाल मन्सुरीलाई रौतहट जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।