झापा, माघ ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्। उनी मंगलबार झापाको दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएका हुन्।
समर्थकहरूको उल्लेख्य उपस्थितिसहित बाजागाजा र कलससहितको स्वागतबीच बालेन कार्यालय पुगेका थिए। कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका छन्।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि बालेन सक्रिय राजनीतिमा होमिएका हुन्। मनोनयन दर्तासँगै उनको चुनावी गतिविधि औपचारिक रूपमा अघि बढेको छ।
