इनिशा विक प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन


इनिशा विक प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन
  • नवकिरण
  • चैत्र ३, २०८२

काठमाडौं, चैत ३ – सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

विभिन्न समूहका प्रदर्शनकारीहरूले भेला भएर दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले पीडित परिवारलाई छिटो न्याय दिलाउन सरकारसँग आग्रह गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘महिलामाथि हिंसा बन्द गर’, ‘दोषीलाई सजाय दे’ जस्ता नाराहरू लगाएका थिए। साथै, यस्ता अपराध नियन्त्रणका लागि कडा कानुनी व्यवस्था आवश्यक रहेको उनीहरूको भनाइ थियो।

पोस्टमार्टम रिपोर्टले इनिशाको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पुष्टि गरेको छ। घटना वीरेन्द्रनगरस्थित एक सामुदायिक वन क्षेत्रमा भएको थियो।

प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ भने प्रदर्शनकारीहरूले निष्पक्ष छानबिन नभएसम्म दबाब जारी राख्ने चेतावनी दिएका छन्।