एनआरएनए अमेरिका: मन्त्री बब्लु गुप्तालाई कुनै कार्यक्रमका लागि निम्तो छैन


एनआरएनए अमेरिका: मन्त्री बब्लु गुप्तालाई कुनै कार्यक्रमका लागि निम्तो छैन
  • नवकिरण
  • पौष २५, २०८२

काठमाडौं, पुस २५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा आयोजना हुने कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट पारेको छ।

मन्त्री गुप्ता अमेरिका भ्रमणमा जाने चर्चा सार्वजनिक भइरहेका बेला परिषद्का प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गर्दै एनआरएनए अमेरिकाको तर्फबाट युवासम्बन्धी कुनै पनि कार्यक्रम आयोजना नगरिएको र मन्त्रीलाई बोलाइएको भन्ने समाचार असत्य भएको बताएका छन्।

विज्ञप्तिमा परिषद्को आधिकारिक स्वीकृति बिना गरिने कुनै पनि कार्यक्रम, भ्रमण, फन्ड संकलन वा गतिविधि गैरकानुनी र अमान्य ठहरिने उल्लेख गरिएको छ। यस्ता अनधिकृत गतिविधिसँग एनआरएनए अमेरिकाको कुनै प्रकारको संलग्नता, सहमति वा सम्बन्ध नरहेको परिषद्ले जनाएको छ।

एनआरएनए अमेरिकाले आफ्नो नाम र पहिचानको दुरुपयोग गर्ने व्यक्ति वा समूहविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ। साथै, यस्ता गैरकानुनी गतिविधिबारे संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी र नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक जानकारी गराइने प्रवक्ता उप्रेतीले बताएका छन्।